समाज

पहिराेले घरमा क्षति, पाँच घर उच्च जोखिममा

इकागज |
असोज ९, २०७९ आइतबार २१:५३ बजे

फाइल तस्बिर

बैतडी- लगातारको वर्षाका कारण पहिरो खस्दा बैतडीमा एक घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको छ । पाँच घर पहिराेको उच्च जोखिममा छन् । 

दोगडाकेदार गाउँपालिका–२ बसाडमा माथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्ण रुपमा क्षति भएको खोचलेक प्रहरी चौकीका प्रमुख मानसिंह पन्तले जानकारी दिए । पहिरोबाट गोठमा बाँधेका तीन बाख्रा मरेका छन् । अन्नपात तथा लत्ता कपडा पुरिएका छन् । पहिराले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।


महराको घरमा उनकी दिदी बस्दै आएकी थिइन् । उनलाई आफन्तकहाँ सारिएको प्रहरीले जनाएको छ । पहिराेका कारण स्थानीय मानसिंह महरा, राईसिंह महरा, ध्वज महरा, गणेश महरा र ज्ञानेन्द्र महराको घर उच्च जोखिममा छ ।


Author

थप समाचार
x