समाज

झुट्टा उजुरीको प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु : सन्दिप लामिछाने

इकागज |
असोज १०, २०७९ सोमवार ७:२७ बजे

काठमाडौँ- नाबालिका बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत लामिछानेले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेसन’ बस्नु परेकाले नेपाल आउन ढिला भएको उल्लेख गरेका छन् ।

'मविरुद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ । मविरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आए । मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी  सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन' लामिछानेले लेखेका छन् 'यि सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबिको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु । झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरूको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर मविरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।'


'क्रिकेटप्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ । मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे । मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा' उनले लेखेका छन् 'राष्ट्रको लागि दिलो ज्यानले खेलि रहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महसुस भएको छ ।'

'मेरो अनुपस्थितीमा मलाई अपराधि सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरूको मैले कानूनी लडाँइ लड्ने छु । मैले बुझेसम्म नेपालको संविधानले कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्‍न पाउने, यातनाविरुद्धको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हकसमेत रहेको बुझेको छु' उनले भनेका छन् 'म र नेपाली क्रिकेटप्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजु भाई, मित्रहरू र क्रिकेट प्रेमिहरू, मेरा समर्थकहरू प्रति आभार व्यक्त गर्दछु र म वा मविरुद्ध अफवाह फैलाउने समाचारहरू सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु ।'


Author

थप समाचार
x