समाज

मनास्लु हिउँ पहिरो: घाइते सबैको उद्धार

इकागज |
असोज ११, २०७९ मंगलबार ९:४० बजे

काठमाडौँ - मनास्लु हिउँ पहिरोमा परेर घाइते भएकाहरू सबैको उद्धार गरिएको छ । मंगलबार बिहानसम्म सबै घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सोमबार २ जना घाइतेलाई उद्धार गरेर काठमाडौं ल्याइएको थियो भने आज ९ जना घाइतेको उद्धार गरिएको हो । मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेशक्याम्पमा जाने क्रममा सोमबार दिउँसो हिउँ पहिरो खस्दा १२ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको थियो। 



Author

थप समाचार
x