समाज

आज पनि चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

इकागज |
बैशाख ५, २०७८ आइतबार ७:५३ बजे

काठमाडौँ : पछिल्लो दुई दिन यता आएको असिना पानी र हावाहुरीले काठमाडौँ उपत्यकाको मौसम केही खुलेको छ । बिहानैदेखि उपत्यकामा घाम लागेको छ भने मौमस सफा देखिएको छ । 

तर आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना छ । यस्तै पहाडी तथा हिमाली जिल्लामा आंशिक हिमपातको सम्भावना पनि छ ।


मौसमविद सजिना शाक्यका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा आज पनि हावाहुरी र चट्याङसहितको पानी पर्ने सम्भावना भएको हो । शुक्रबार चट्याङसहित ठूलो पानी परेको थियो भने शनिबार ठूलो हावाहुरी आएको थियो ।

आज पनि हावाहुरी र चट्याङ पर्न सक्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद शाक्यले आग्रह गरिन् । 


Author

थप समाचार
x