समाज

कस्तो रहला आजको मौसम ?

इकागज |
असोज १२, २०७९ बुधबार ६:२९ बजे

काठमाडौं - आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ  । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको आकलन गरिएको छ । बिहीबार प्रदेश १ र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।


शुक्रबार प्रदेश १, मधेश र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।  


Author

थप समाचार
x