समाज

दसैँसँगै बिजुली पुगेपछि गाउँमा खुसीयाली छायो

इकागज |
असोज १४, २०७९ शुक्रवार २१:५० बजे

सांकेतिक तस्बिर

कटारी- उदयपुरको कटारी नगरपालिकाको–१४ पहाडीमा वडाको पहलमा गाउँमा पहिलो पटक बिजुली पुगेको छ । छ सय ९९ घर रहेको उक्त गाउँमा अहिले एक सय ७ घरमा बिजुली पुर्‍याइएको वडाध्यक्ष शम्भु श्रेष्ठले बताए । 

वडाको पहलमा गोकुले, भादगाउँ र पिपलडाँडामा बिजुली बालिएको हो । बाँकी घरपरिवारका लागि पनि नियमित काम भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए । पहिलो पटक वडामा कटारी हुँदै नेपाल विद्युत् प्राधिकरण कटारी शाखाले राष्ट्रिय प्रशारण जडान गरेको हो । दसैँसँगै गाउँमा बिजुली बलेपछि दसैँमा थप उमङ्ग छाएको स्थानीय मोहन श्रेष्ठले बताए ।


महत्वपूर्ण चाडमा गाउँ झिलिमिली भएपछि गाउँवासीमा खुसीयाली छाएको छ ।


Author

थप समाचार
x