समाज

मेयर बालेन शाहविरुद्ध बांगेमुढामा पुत्ला दहनसहित प्रदर्शन

इकागज |
असोज १५, २०७९ शनिबार २०:२ बजे

काठमाडौँ- काठमाडौँको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका छन्, नारावाजीका क्रममा मेयर शाहको पुत्ला पनि जलाएका छन् । 


‘डोजर आतंक बन्द गर’ ‘नेवा विरोधी होसियार’ जस्ता नारावाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका थिए । सो क्रममा आक्रोशित स्थानीय वासिन्दाले महानगरपालिका– २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।

महानगरपालिकाले गत शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायमीलगायत पुगेका थिए । सार्वजनिक मन्तव्य राख्ने क्रममा सायमीले सामुदायिक भवनमा डोजर लगाएर काठमाडौँ महानगरपालिकाले कानुनविपरीत काम गरिरहेको आरोप लगाएका थिए ।


Author

थप समाचार
x