समाज

काेभिड नियन्त्रणका लागि दिल्लीमा एक साता कर्फ्यू

इकागज |
बैशाख ६, २०७८ सोमबार १८:२७ बजे

काठमाडौँ : छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यू घोषणा भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोभिड-१९ को संक्रमण अत्यधिक बढेपछि त्यसविरुद्ध सचेत रहनका लागि भन्दै सोमबार रातिदेखि अर्को सातासम्मका लागि कर्फ्यू नै घोषणा गरेका हुन् ।

सर्वसाधारणले कोभिड-१९ लाई बेवास्ता गरेपछि दिल्ली सरकारले यस्तो नीति लिएको हो । भारतमा कोभिड-१९ को संक्रमण संख्या दैनिक बढ्दो छ । सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएपछि अत्तालिएको सरकारले यस्तो निर्णय लिएको हो । भारतमा संक्रमणबाट १ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । 



Author

थप समाचार
x