समाज

डाेटी भूकम्प : घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी ल्याइयाे

इकागज |
कात्तिक २३, २०७९ बुधवार १७:४ बजे

कैलाली । डोटीमा भूकम्पमा परि घाइते भएका दुई जनालाई जिल्ला अस्पताल डोटीले धनगढी रेफर गरेपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको छ।

पूर्वीचौकी गाउँपालिका–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रेफर गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर निराजन श्रेष्ठले जानकारी दिए। डा श्रेष्ठले घाइते दुवैको यहाँ उपचार सम्भव नभएपछि धनगढी रेफर गरेको बताए ।



Author

थप समाचार
x