समाज

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

इकागज |
कात्तिक २६, २०७९ शनिबार २०:२८ बजे

काठमाडौँ- पश्चिम नेपालका अधिकांश जिल्लामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । ​आज (शुक्बार) राति ८ बजेर १२ मिनेटमा कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङ​काे पातादेवल केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युटको भूकम्प गएको हाे ।


यसअघि पनि डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको ज्यान गएको थियाे । गत बुधबार राति २ बजेर १३ मिनेटमा गएको भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियाे ।


Author

थप समाचार
x