समाज

हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

कस्तो रहला आजको मौसम ?

इकागज |
कात्तिक २७, २०७९ आइतबार ६:३६ बजे

काठमाडौं - आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।  प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको  आकलन गरिएको छ ।

राति गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


सोमबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ । 


Author

थप समाचार
x