समाज

बैतडी र डोटीमा घाँस काट्ने क्रममा भिरबाट लडेर दुई महिलाको मृत्यु

इकागज |
कात्तिक २७, २०७९ आइतवार ९:३३ बजे

फाइल तस्बिर

कैलाली - बैतडी र डोटीमा घाँस काट्ने क्रममा भिरबाट लडेर दुई महिलाको मृत्यु भएको छ। डोटीको जोरायल गाउँपालिका-२ बिछिलकी ३८ वर्षीया कृष्णा धामीको भिरबट लडेर शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बिछिलस्थित मनकामना सामुदायिक वनमा घाँस काट्ने क्रममा भिरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै शनिबार नै बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा सिगास गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत ३० वर्षकी सरस्वती धामी बोहरा रहेकी छन् । खर काट्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

सिगास गाउँपालिका-८ लुपुडकी सरस्वती घर नजिकै खर काट्न गएकी थिइन् । भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।


Author

थप समाचार
x