समाज

ग्राण्डी अस्पतालका डाक्टरले काठमाडौंमा घर दाइजो नदिएको भन्दै श्रीमती कुटे

इकागज |
कात्तिक २७, २०७९ आइतबार १३:५७ बजे

काठमाडौं - ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डा. पकज चौधरीले विवाहमा दाइजो नल्याएको र काठमाडौंमा एउटा घर नकिनेको भन्दै श्रीमतीलाई कुटपिट गरी घरबाट निकालेका छन् ।

महोत्तरी रामगोपालपुरका डा. चौधरीसँग महोत्तरीकै औराहीकी नेहा चौधरीबीच आठ महिनाअघि विवाह भएको थियो । विवाह भएको केही दिन बितेपछि आफूलाई श्रीमान, सासु र नन्दहरूले गाली र अभद्र व्यवहार गर्न थालेको नेहाले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । 


नेहाले आफू दुःख सुख गरी घरमा बसिरहेको र श्रीमान काठमाडौंमा बस्ने अनि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा काम गर्ने गरेको उल्लेख गरेकी छिन् । ‘मलाई नि आफूसँग राख्नु भन्नेबित्तिकै मलाई पटक–पटक कुटपिट गर्नु हुन्थ्यो,’ नेहाले फेसबुकमा लेखेकी छिन् । 

यस सम्बन्धमा ग्राण्डी अस्पतालमा इकागजले सम्पर्क गर्दा डा. चौधरीबारे अस्पतालले छिट्टै लिखित विज्ञप्ति जारी गर्ने जानकारी त्यहाँका कर्मचारीले दिए । 

सामाजिक सञ्जालमा नेहाको पोस्ट यतिखेर भाइरल भइरहेको छ । फेसबुकमा ‘जस्टिस फर नेहा’ अभियान चलाइएको छ । 

 


Author

थप समाचार
x