समाज

जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना, तीन प्रहरीसहित ६ जना घाइते

इकागज |
मंसिर १, २०७९ बिहिवार १७:११ बजे

जुम्ला- जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ । निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे१च २१८८ नम्बरको जिप दुर्घटनामा परेकाे हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्रतर्फ जाँदै  गरेको उक्त जिप दुर्घटना भएको हो । दुर्घटना परी घाइते भएकाहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ ल्याइँदै गरेकाे प्रहरीकाे भनाइ छ । उनका अनुसार तीनजना प्रहरी एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र एक कार्यालय सहयोगी घाइते भएका छन् । 


दुर्घटनाको प्रारम्भिक जानकारीअनुसार निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी, सहायक मतदान अधिकृत आदप्रसाद न्यौपाने, हरिप्रसाद देवकोटासहित ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उक्त जिपमा आठ जनाको टोली थियो । दुई जना सकुशल रहेको र ६ जना घाइते भएका हुन् । घाइतेलाई  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ । 


Author

थप समाचार
x