समाज

धरानका मेयर हर्कले भनेः आफूले काम गर्दा नेताको मानक परिवर्तन भयो

इकागज |
मंसिर ८, २०७९ बिहीबार १८:१८ बजे

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले काम गरेर नेताको मानक परिवर्तन गरेको दाबी गरेका छन् । बिहीबार धरानमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मेयर खोलाको बगरमा भेटिने र खुट्टामा कुरोहरू भेटिने गरेको बताए ।

‘को हो पब्लिक र को हो मेयर चिन्न नसकिने गरी काम गरिरहेको हुन्छु,’ मेयर राईले भने,’ यस्तो काम गर्ने लिडर हुनुपर्छ भन्ने मानिसको कमी छैन ।‘ अहिले भएको परिवर्तन र टर्निङ पोइन्ट हर्क साम्पाङ रहेको उनले दाबी गरे । एक्लै-एक्लै सडकमा हिँडेकालाई खास-खास मानिसले साथ नदिएर र संघर्ष गरेर धरानको मेयर बन्न सफल भएको बताए ।


एक्लै-एक्लै गरेर पनि सन्देश दिन सक्ने मेयर राईको भनाइ छ । म मात्र नभइ बालेनले पनि जितेको उनले बताए । बालेनको स्ट्रगल लामो समयसम्म नभएको उनको जिकिर छ । स्टारडमको प्रयोग र मिडियाले घेरेर आएको उनले दाबी गरे ।

काठमाडौँ र धरानको भू-राजनीतिक फरक रहेको मेयर राईको भनाइ छ । धरान गाउँ जस्तो रहेको उनले बताए । ‘काठमाडौँमा लामो समयसम्म स्ट्रगल गर्न जरुरी पनि छैन,’ उनले भने ।

काम गरेर एक्लै आएको स्वतन्त्र मानिसले गर्न सक्दो रहेछ भनेर सन्देश जाने उनले धारणा राखे । ‘रविजीले स्वतन्त्रबाट सिकेका हुन् । कति पटक उनले हर्कजीहरूबाट हामीले सिक्नुपर्छ  भनिसक्नु भएको छ,’ उनले थपे,’ धेरै पटक हाम्रो भेटघाट भएको छ । हामीले गरिरहेको काम कुरालाई पक्रिएर एउटा पार्टी खोल्नु भयो ।‘

उनले रविजी आफैँमा राम्रो व्यक्ति भएको दाबी गरे । ‘मैले जति चिनेको छु । उहाँ राम्रो हुनुहुन्छ । उहाँको पार्टीले राम्रो गरेको र घण्टी चुनाव चिन्ह राम्रो मत ल्याइ रहेको छ, ‘ उनले सुनाए,’ परिवर्तनको जरासम्म जानु भनेको हर्क साम्पाङ नै हो । नेपालमा भएको परिवर्तनको जरा धरानको कुनामा बग्ने निशाने खोलामा रहेको छ ।‘


Author

थप समाचार
x