समाज

'कितियाले खिचेको फोटो फेक' भन्दै अमेरिकी दूतावासले हटायो फेसबुकबाट पाेष्ट

इकागज |
मंसिर ११, २०७९ आइतवार १४:५१ बजे

काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले केही समय अघि पोष्ट गरेको कथित फोटोग्राफर कितिया पावलोव्स्कीले खिचेको हिउँ चितुवासम्बन्धी फोटो दूतावासको फेसबुक पेजबाट हटाएको छ । दुई साताअघि दूतावासले कितियाले खिचेको फोटो पोष्ट गरेको थियो ।

शनिबार कितियाले हिउँ चितुवाको फोटो खिचेको नभइ फोटोसपबाट बनाएको भनेर समाचार प्रकाशित भएको थियो । अल्पाइन म्याग्जिनमा कितियाले खिचेको फोटो फेक रहेको भनी प्रकाशन गरेको थियो ।


दूतावासले नोभेम्बर ७ मा उक्त फोटो आफ्नो पेजमा सेयर गरेको थियो ।

अमेरिकी फोटोग्राफरले सगरमाथा क्षेत्रको ५५ सय मिटरमा हिउँ चितुवाको तस्बिर खिचेको भन्दै दूतावासले फेसबुकमा पोस्ट सेयर गरेको थियो । दूतावासले नै सेयर गरेको जानकारीलाई आधिकारिक मानेर धेरै मिडियाले त्यसलाई समाचार बनाएका थिए । सामाजिक सञ्जालमा कितियाले खिचेको भनिएको हिउँ चितुवाको तस्बिहरू भाइरल समेत भएका थिए । 

अल्पाइन म्याग्जिनमा कितियाले खिचेको फोटो फेक रहेको भनी प्रकाशन भएकाे समाचार :

 


Author

थप समाचार
x