समाज

सरकारले अक्सिजन ल्याउन चीन र भारतसँग थाल्यो छलफल

इकागज |
बैशाख १२, २०७८ आइतबार १७:१२ बजे

काठमाडौँ । कोभिड १९ को संक्रमण तिब्र भइरहँदा लिक्‍विड अक्सिनको अभावले अर्काे संकट निम्त्याएको छ । कोभिड संक्रमणको दर अझै बढ्न सक्ने आशंका गर्दै सरकारले अक्सिजन ग्याससहितका स्वास्थ्य सामाग्री माग गर्दै छिमेकी मुलुक चीन र भारतसँग छलफल तिब्र पारेको हो । 

‘थप संकटको आँकलन गरेर चीन र भारत दुबै देशबाट अक्सिजनसहितका स्वास्थ्य सामाग्री ल्याउने विषयमा छलफल चलिरहेको छ,’ परराष्ट्रमन्त्रालय स्रोत भन्छ, ‘अहिलेसम्म पत्राचार भएको छैन । कुनै नोट पठाइएको छैन । नोट पठाउने विषयमा छलफल चलिरहेको छ ।’ 


नेपालले अहिले भारतको झारखण्ड क्षेत्रबाट लिक्‍विड अक्सिजन ल्याउने गरेको छ । अक्सिजन अभाव झेलिरहेको भारतसँग नै सरकारले अक्सिजन माग गर्ने विषयमा छलफल चलाएको हो । भारतले अहिले अक्सिजन निर्यात बन्द गरेको छ ।     


Author

थप समाचार
x