समाज

वीरेन्द्रको शालिक सुरक्षाको माग गर्दै ध्यानाकर्षण

इकागज |
मंसिर १५, २०७९ बिहिवार २१:३६ बजे

मकवानपुर- हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ हुप्राचौरमा रहेको राजा वीरेन्द्रको शालिक सुरक्षाको माग गरिएको छ । राजा वीरेन्द्रको शालिक सुरक्षित नभएको भन्दै राप्रपा मकवानपुरका नेताहरूको समूहले सुरक्षाको माग गरेका हुन् ।    

बिहीबार राप्रपाको तर्फबाट मंसिर ४ गतेको निर्वाचनमा मकवानपुर क्षेत्र  १ को प्रदेशसभा २ का उम्मेदवार गुञ्जनबहादुर न्यौपानेसहितको टोलीले शालिक सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण बुझाइएको छ । हुप्राचौर क्षेत्र निरन्तर अतिक्रमण हुँदा त्यस क्षेत्रमा रहेको शालिक सुरक्षित नभएको भन्दै न्यौपाने लगायतका राप्रपा निकट समूहले मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाइएको हो ।


शाहको शालिक ऐतिहासिक तथा चुना, सुर्किले बनेको हुँदा पुरातात्त्विक महत्वको समेत भएको हुँदा तत्काल सूचीकृत गरी संरक्षण गर्न माग गर्दै ध्यानाकर्षण बुझाइएको न्यौपानेले बताए । हुप्राचौरमा रहेको वीरेन्द्रको शालिक भत्काउने गरी हेटौंडा उपमहानगरपालिकाले भवन बनाउनका लागि टेण्डर आव्हान गरेको भन्दै ध्यानाकर्षण पत्रमा भनिएको छ ऐतिहासिक महत्त्वको शालिक संरक्षण गरि पुरात्वात्तिक सम्पदामा सूचीकृत गर्न र हेटौंडा उपमहानगरपालिकालाई शालिक नभत्काउन तत्काल पत्राचार गर्न अनुरोध गरेकाे छ ।'

राप्रपाका सन्दिपकुमार सापकोटा, आशिष चौलागाईं, सरस्वती थिङ्ग, विशाल दंगाल लगायतको उपस्थितिमा ध्यानाकर्षण बुझाइएको हो ।


Author

थप समाचार
x