समाज

यस्तो हुनेछ आजको मौसम

इकागज |
मंसिर १७, २०७९ शनिबार ६:३० बजे

काठमाडौँ- हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १, मधेश र सुदूरपश्चिममा आंशिक बदली रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।


आइतबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । राति प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।


Author

थप समाचार
x