समाज

मनाङमा लैङ्गिक हिंसा शून्य

इकागज |
मंसिर १७, २०७९ शनिबार १४:७ बजे

फाइल फोटो

मनाङ -  हिमाली जिल्ला मनाङमा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लैङ्गिक हिंसाको उजुरी परेको छैन । 

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार  साउनदेखि हालसम्म कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेका छैनन् । गत आर्थिक वर्षमा भने जिल्लामा तीन मुद्दा दर्ता भएका थिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ आचार्यले लैङ्गिक हिंसाका उजुरी कम पर्ने जिल्लाको रूपमा मनाङ पर्ने जानकारी दिए । 


`यहाँ महिलाप्रधान समाज छ । गाउँमा घटेका कतिपय घटना गाउँघरमै मिलाउनुपर्छ भन्ने मान्यता छ`, उनले भने । 

प्रहरी नायव उपरीक्षक प्रेम सागर केसी गाउँमै मिलापत्र गर्ने र नसक्ने अवस्थामा मात्रै प्रहरीलाई गुहार्ने गरिएको बताउँछन्  `प्रहरीसम्म उजुरी एकदमै न्यून आउने गरेको छ`, उनले भने । कतिपय घटना समाजमै लुकेर रहने उनको भनाइ छ । समय समयमा यस्ता घटना उजागर गर्न, पीडितलाई न्याय, पीडकलाई कानुनी दायरामा ल्याउन प्रहरीले सचेतनाको कार्यक्रम गर्दै आएको छ । 
    
कार्यक्रमका सहभागीले जिल्लामा हिंसाका घटना सार्वजनिक हुन नसकेको अवस्था रहेकाले चेतना अभिवृद्धिको खाँचो रहेको औँल्याएका थिए ।  रासस


Author

थप समाचार
x