समाज

विद्यालय भवन जीर्ण हुँदा जोखिममा बालबालिका

इकागज |
मंसिर १७, २०७९ शनिबार १५:५५ बजे

जाजरकोट- नलगाड नगरपालिका–१० मा रहेको जनएकता प्राथमिक विद्यालयको भवन जीर्ण हुँदा दैनिक शैक्षिक क्रियाकलाप सञ्चालन गर्न मुस्किल हुँदै आएको छ ।       
बाल शिक्षासहित कक्षा ३ सम्म पढाइ हुने यो विद्यालय २०६४ सालमा डिप्रोक्स नेपालको सहयोगमा निर्माण गरिएको थियो । सिलेटको छानोदेखि माटोले निर्माण गरिएको उक्त विद्यालय अहिलेसम्म मर्मतसमेत नभएको विद्यालयका प्रधानाध्यापक बुद्धि ध्यारले बताए ।    
    
 रग्दा गाउँका अधिकांश विद्यार्थी यही विद्यालयमा पढ्ने गर्दछन् । जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्ने रग्दामा सबै बालबालिका पढ्ने भरपर्दो विद्यालय नै यही हो । विद्यालय भवन निर्माणका लागि सबै नेताहरुलाई सहयोग माग गरे पनि अहिलेसम्म कसैबाट सहयोग नपाएको स्थानीयवासीको गुनासो छ ।    
    
 बालशिक्षासहित पाँच शिक्षक रहेको यस विद्यालयमा वर्षायाममा चुहिएर बस्न समस्या हुन्छ भने हिउँदयाममा हावाहुरीले विद्यालयको छानाबाट सिलेट खसेर चोट लाग्ने डर हुने गरेको छ । विद्यालय कुन समयमा भत्किन्छ भनेर आफूहरु हैरान भएको प्रधानाध्यापक ध्यारले बताए । विद्यालय निर्माणका लागि सबैसँग सहयोग मागे पनि कसैले ध्यान नदिएको ध्यारको गुनासो छ ।   



Author

थप समाचार
x