समाज

चितवनमा खाग काटिएको अवस्थामा गैँडा मृत फेला

इकागज |
मंसिर १८, २०७९ आइतवार १७:३३ बजे

चितवन- चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैँडा फेला परेको छ ।

चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैँडा मृत फेला परेको हो ।


गैँडालाई ६ महिना अगाडि चोरी सिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । 

डिभिजन वन कार्यालय चितवनले गैँडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ । 

डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो ।


Author

थप समाचार
x