समाज

नुवाकोटबाट बन्दुकसहित वृद्ध पक्राउ

इकागज |
मंसिर १८, २०७९ आइतबार २१:२८ बजे

नुवाकोट- अवैध रूपमा राखिएको बन्दुकसहित एक वृद्धलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ ।

शिवपुरी गाउँपालिका–३ नयाँगाउँ घर भएका स्थानीय ६० वर्षीय हर्कबहादुर तामाङलाई दुई थान भरुवा बन्दुक र त्यसमा प्रयोग गरिने करिब एक किलोग्राम बारुदसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । 


उनलाई विदुरस्थित प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो । 


Author

थप समाचार
x