समाज

चिसो बढ्यो

तराईंमा बाक्लो हुस्सु र कुहिरो, काठमाडौंको तापक्रम ६.८ डिग्रीमा झर्‍याे

इकागज |
मंसिर २०, २०७९ मंगलबार ७:५६ बजे

फाइल तस्बिर

काठमाडौँ - हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको  पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागलगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 


तापक्रम घट्दै जाँदा तराईका भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लाग्न थालेको छ । हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ । 'तराई  भू–भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध छ,' जल तथा मौसम विज्ञान विभागले भनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ ।मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ । 

 

 


Author

थप समाचार
x