समाज

लागूऔषधसहित ३ जना पक्राउ

इकागज |
मंसिर २०, २०७९ मंगलबार २०:४१ बजे

मकवानपुर- मकवानपुर प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट लागूऔषध गाँजा २०० ग्राम र लागूऔषध नाइट्राभेट २७ ट्याब्लेटसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


पक्राउ पर्नेमा हेटौंडा–१२ बस्ने २५ वर्षीय विशाल घलान, हेटौंडा–१३ बस्ने २१ वर्षीय विजय रिजाल, हेटौंडा–१७ बस्ने २० वर्षीया शर्मिला भोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार हेटौंडा बसपार्कमा शंकास्पद रूपमा हिँडिरहेका घलान रिजाल र भाेम्जनलाई चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध बरामद भएपछि पक्राउ गरिएको हो । उनीमाथि आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाइएको छ ।


Author

थप समाचार
x