समाज

१६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

इकागज |
मंसिर २२, २०७९ बिहिवार १२:२३ बजे

काठमाडौँ- १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका-९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले  जनाएको छ । 

उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ बसन्तपुरस्थित एक होटलमा जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।


 उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ । 


Author

थप समाचार
x