समाज

चितवनको आँपटारीबाट ठूलो परिमाणमा सालको चिरान काठ बरामद

इकागज |
मंसिर २३, २०७९ शुक्रबार २१:२९ बजे

चितवन- भरतपुर महानगरपालिका वडा नम्बर १ आँपटारीस्थित जलदेवी सामुदायिक वनबाट सालको काठ बरामद भएको छ । डिभिजन वन कार्यालय चितवनले आज सामुदायिक वनले लुकाएर राखेको ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो ।

जलदेवी सामुदायिक वनले पर्यापर्यटन कार्यक्रम अन्तर्गत जिप लाइन सञ्चालन गरेको छ । त्यसको टिकट काउण्टरमा सालको काठ राखिएको सूचनाका आधारमा चेक गर्दा हामीले ४८ क्यूफिट चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताए ।


अनुसन्धनकै क्रममा रहेकाले अहिले नै काठ अवैध हो भन्न नसकिने उनको भनाइ छ । जलदेवी सामुदायिक वनले भने पर्यापर्यटनको विकासका लागि समितिबाट निर्णय गरेर सालको काठ राखिएको दाबी गरेको छ ।


Author

थप समाचार
x