समाज

मध्यरातमा कलंकी केन्द्रबिन्दु बनाएर गयाे भूकम्प

इकागज |
बैशाख १५, २०७८ बुधबार ७:१५ बजे

काठमडौँ : कलंकी केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ । राती १ बजेर ५९ मिनेटमा कलंकी केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार राती भुकम्प गएपछि कलंकीका स्थानीयले फोन गरेर जानकारी गराएका थिए । कतिपय माथिल्लो तलबाट सडकमा आएका थिए । यो गोरखा भूकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।


कलंकीमा भूकम्प गएपनि केन्द्रले भूकम्पसम्बन्धि जानकारी दिने आफ्नो सिस्मोनेपाल वेबसाइटमा त्यो जानकारी राखेको छैन । सामान्यतयाः ४ म्याग्निच्युडभन्दा कमको भूकम्प गए केन्द्रले वेबसाइटमा राख्ने नगरेको हो ।
 


Author

थप समाचार
x