समाज

म्यासेन्जरबाट अमेरिकी नागरिक हुँ भनी प्रलोभनमा पार्ने साइबर ब्यूरोको नियन्त्रणमा

इकागज |
पुस २४, २०७९ आइतबार १७:२३ बजे

काठमाडौँ- हिजोआज मानिससँग कुरा गर्ने वा सम्पर्क बढाउने सबैभन्दा सजिलो माध्यम सामाजिक सञ्जाल बनेको छ । त्यसमध्ये सबैभन्दा बढी प्रयोगकर्ता रहेको ‘फेसबुक’ ले सबैलाई संवाद गर्न सजिलो बनाएको छ ।

एक मोबाइल र एक फेसबुक आइडी हुन्छ । फेसबुक नभएको मानिस भेटिएमा आश्चर्य मान्नुपर्छ । उ प्रति प्रश्नवाचक नजरले पनि हेर्नुपर्ने हुन सक्छ ।


तपाई फेसबुक चलाउनु हुन्छ होइन त ! त्यसो भए म्यासेन्जर पनि चलाउनुहुन्छ ?  यी सबै माध्यम चलाउनु हुन्छ भने होसियार !

यदि फेसबुक चलाउनुहुन्छ भने पनि दोहोरो संवाद हाइ र हेल्लोबाट हुन्छ होला । सबैले कुराकानीको सुरुवातमा भन्ने,’ हाइ, हेल्लो तथा नमस्ते’ बाट जवाफ सुरु हुन्छ । हाइ, हेल्लो र नमस्ते पनि कोहीबेला ठगिने पहिलो माध्यम बन्न सक्छ ।

म्यासेन्जरमा पटक-पटक हाइ, हेल्लो गरी म सिरियामा कार्यरत अमेरिकन आर्मी हु भनी म्यासेज गर्ने दुई जनालाई साइबर ब्यूरोले नियन्त्रणमा लिएको छ ।

अमेरिकन डलर धेरै रहेको र उक्त रकम तपाईलाई पठाइदिन्छु भनी प्रलोभनमा पारी र उपहार पठाएको छु भन्दै लालच देखाउने भारतका ४० वर्षीय मोहम्मद हाकिम र झापाकी बिममाया थापा मगर पक्राउ परेकी हुन् ।

ब्यूरोका अनुसार उनीहरूले रकम पठाइदिएको छु एक दुई दिनमा आइपुग्छ रिसिभ गर्नु होला भनी म्यासेज पठाउँथे । उनीहरूले रकम पठाएको जस्तो भर्पाइ पनि पठाउने गर्थे ।

पीडितले रकम चाहिदैन भन्दा पनि उल्टै उनीहरूले धम्कयाउने गरेको ब्यूरोका प्रवक्ता पशुपति कुमार रायले जानकारी दिए । ‘इन्टरनेशनल मनी फन्ड’ को अप्रुभल फन्ड को फोटो दुरुपयोग गरी ‘मनी लाउन्डरीउङ’ मा फसिसकेको भनी पीडकले त्रास दिने गरेको उनले बताए ।

समस्यबाट छुटकारा चाहने भए पीडितको ह्वाटस एपमा पठाइएको खाता नम्बरमा रकम पठाउन उनीहरूले आग्रह गर्थे ।

‘पीडितले मोबाइल बैंकिङमार्फत विभिन्न बैंकको खातामा विभिन्न समयमा पठाउने गर्थे,’ उनले भने । भारत दार्जिलिङका मोहम्मद हाकिक र झापाकी बिममायालाई गत काठमाडौँ जिल्ला अदालतबाट पक्राउ सहमति गरी नियन्त्रणमा लिएको उनले जानकारी दिए ।


Author

थप समाचार
x