समाज

७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

धनबहादुर गुरुङ |
माघ १, २०७९ आइतबार ११:३३ बजे

कास्की - पोखरामा जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिए । विमान काठमाडौँबाट ११ बजेर ५ मिनेटमा उडेको थियो । 

उनका अनुसार यति एयरलाइन्सको ६९N कल साइन दुर्घटना भएको हो । माथिबाट तल झरेको भन्ने जानकारी पाएको उनले बताए । उनका अनुसार विमानमा क्रु मेम्बरसहित ७२ जना सवार थिए । 


कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको बताए ।

 


Author

थप समाचार
x