समाज

विमान दुर्घटनाको छानविन तथा जाँच आयोग गठन

इकागज |
माघ १, २०७९ आइतबार १४:४८ बजे

काठमाडाैं । सरकारले विमान दुर्घटनाको छानविन गर्न आयोग गठन गरेको छ । बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको छ । आयोगलाई तथ्य छानविन गर्न ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ ।


समितिको सदस्यहरूमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा छन् । सदस्य सचिवमा पर्यटन मन्त्रालयका बुद्धिसागर रहेका छन् ।


Author

थप समाचार
x