समाज

पोखरा विमान दुर्घटना

आज शोक बिदा,  ​राष्ट्रिय झण्डा आधा झुकाइने

इकागज |
माघ २, २०७९ सोमवार ६:४० बजे

काठमाडौं - पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक बिदा दिएको छ । आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने ​राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो । बिहान १०ः५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए । 



Author

थप समाचार
x