समाज

आज यती एयरलाइन्सका नियमित उडान नहुने

इकागज |
माघ २, २०७९ सोमबार ६:५९ बजे

फाइल तस्बिर

काठमाडौं - यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो ।

नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।


पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए ।
सरकारले आज  शोक विदा दिएको छ । 


Author

थप समाचार
x