समाज

१५ किलो ५२० ग्राम चरेससहित एक जना पक्राउ

इकागज |
माघ ६, २०७९ शुक्रबार २१:१२ बजे

कैलाली- प्रहरीले अवैध लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । 

प्रदेश प्रहरी कार्यालय धनगढी अन्तर्गत क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरीक्षक मोहन रावलको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा कन्चनपुरको भिमदत्त नगरपालिका ३ कालिका टोलबाट १५ किलो ५२० ग्राम चरेससहित बझाङ केदारसीऊ गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४० को करन धामीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अशोक सिंहले बताए । 


पक्राउ परेकालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कन्चनपुरको जिम्मा लगाइएको डिआइजी सिंहले बताए ।

त्यस्तै आजै क्षेत्रीय अनुसन्धान समूहले भजनी नगरपालिकाका विभिन्न वडाबाट चोरीका ३ थान मोटरसाइकल बरामद गरी थप अनुसन्धान भैरहेको डिआइजी सिंहले बताए । 

बिहीबार कमान्ड सम्हालेका सिंहले मातहतका प्रहरीलाई इमानदारिताका साथ जनताको सेवामा लाग्न निर्देशन दिएका थिए । सिंहले आजै प्रदेशका नौ वटै जिल्लाका प्रहरी प्रमुखहरूलाई प्रदेश प्रहरी कार्यालय धनगढीमा भेला गराई इमानदारिताका साथ दत्तचित्त भै कुनै आर्थिक प्रलोभनमा नपरी सेवामा खटिन निर्देशन दिएका छन् ।


Author

थप समाचार
x