समाज

साँझमा मुस्कुराएको काठमाडौँ (फोटो फिचर)

इकागज |
माघ ७, २०७९ शनिवार ११:१९ बजे

यतिबेला काठमाडौँ सहरका मुख्य रात्रीकालीन व्यापार, व्यवसाय हुने ठाउँहरू उज्यालोले धपक्क बलेको छ । बिजुलीको पर्याप्ततासँगै सहर रंगीचंगी उज्यालोले झकिझकाउ छ ।


सहरका चोक, गल्लीहरू र रात्रीकालिन व्यापार व्यवसाय सञचालन हुने ठाउँमा सडक र भवनहरू यतिबेला धपक्क बलेको देख्न सकिन्छ ।

मठ मन्दिरहरूमा बिजुली बत्तीको चमक छरपस्ट छ । मन्दिर, व्यापारिक भवन र काठमाडौंको दरबार मार्ग, वसन्तपुर दरबार क्षेत्र, न्युरोडलगायतका सडकहरू नै रंगीचंगी बत्तीले चम्किरहेका देख्न सकिन्छ । अहिले बत्ती प्रशस्त भएर बिजुली खेर गइरहेको अवस्थामा बत्तीको खपत बढीरहेको पनि छ ।

बत्तीको प्रकाशले मन्दिरहरू धपक्क बलेका देखिन्छन् । जसकारण पनि साँझको समयमा काठमाडौंका यी ठाउँहरूको दृश्य हेर्न लायक बन्छ ।

तस्बिर : न्युज एजेन्सी नेपाल  


Author

थप समाचार
x