समाज

पेस्तोलसहित एक युवक पक्राउ

सुभाष कर्ण |
माघ १३, २०७९ शुक्रबार १९:१५ बजे

जनकपुरधाम- प्रहरीले धनुषाबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–७ बस्ने २८ वर्षीय रौशन महतो रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले मिथिला नगरपालिका–२ नकटाझिझ चौकस्थित शंकाको आधारमा महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल १ थान, गोली २ राउण्ड लोड गरिएको र १ थान म्याग्जीन बरामद भएको प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जनाएका छन् ।

पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाई थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x