समाज

'महानगर : डाेजर आतंक बन्द गर' (फाेटाेफिचर)

अनुज बज्राचार्य |
माघ १५, २०७९ आइतबार १९:३२ बजे

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध प्रदर्शन गरिएको छ । 

मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यका व्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौंको आह्वानमा आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । 


गैरकानुनी ढंगले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन् गरेर मेयर साहले ज्यादती गरेको भन्दै प्रदर्शनकारीहरूले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचना समेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाडौं महानगरपालिकालाई सचेत गराए ।

त्यस अवसरमा प्रर्दशनकारीहरुले आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर, डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गरलगायतका नाराबाजी गरेका थिए । 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x