समाज

जुवातास खेलिरहेकाे अवस्थामा ६ जना जुवाडे नगदसहित पक्राउ

इकागज |
माघ १५, २०७९ आइतबार २०:१९ बजे

कैलाली- कञ्चनपुर पुनर्वास नगरपालिका-११ डाेके बजारबाट ६ जना जुवाडे नगदसहित पक्राउ परेका छन् । प्रदेश अनुसन्धान समूह (आरआइटी) बाट खटिएकाे प्रहरी टाेलीले ​उनीहरूलाई पक्राउ गरेकाे हाे ।

कैलाली र कंचनपुरको सीमानाका रहेको डोके बजारबाट जुवातास खेलिरहेकाे अवस्थामा नगद ७१ हजार ७२५ सहित धनगढी उपमहानगरपालिका ३ चटकपुरका २८ वर्षीय रमेश भाट, सोही ठाउँका ३५ वर्षीय सागर ऐर, ३८ वर्षीय भरत माली पक्राउ परेका छन् ।


त्यस्तै सोही ठाउँका ३२ वर्षीयक रमेश धामी , कैलालीको गाैरिगंगा नगरपालिका ९ का ४८ वर्षीय नरबहादुर धामी र धनगढी उपमहानगरपालिका ८ का ३८ वर्षीय दिनेश मल्ल पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।


Author

थप समाचार
x