चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

फाइल फोटो
चितवन - जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
प्रशासनले एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो ।
सूचनामा नेपाल सरकारको राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र झन्झटरहित बनाउन कार्यालयको क्षमता अनुसार एक महिनामा करिब तीन हजारको संख्यामा अनलाइन आवेदन खुल्ने व्यवस्था गर्न लागिएको उल्लेख गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया