समाज

जब महानगरकै ट्रकमा ह्वीलचेयर चढ्यो...

इकागज |
माघ १८, २०७९ बुधबार १७:२२ बजे

तस्विरः सामाजिक सञ्जाल

काठमाडौँ- बुधबार बिहानैदेखि सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भयो । जसमा काठमाडौँ महानगर नगर प्रहरीले शारीरिक रुपमा अशक्ति व्यक्तिलाई ट्रकमा ह्वीलचेयरसहित सेतो रंगको ट्रकमा राखिएको थियो । साथमा नगर प्रहरी दुई जना देखिएका छन् ।

तर, वास्तविकता सामाजिक सञ्जालमा भाइरल भएको फोटो जस्तो छैन । उनी सडकमा चुरोट तथा गुट्खालगायतका बस्तु बिक्री गरिरहेका थिए । नगरप्रहरीले वरिपरि फोहोर भएकाले सार्वजनिक स्थानमा फोहोर गर्न नपाइनेसमेत बताएका छन् ।


दोलखा घर भएका कुमार कार्की (नाम परिवर्तन) लाई सहयोग आवश्यक रहेकाले प्रहरीले मानव सेवा आश्रममा लैजानका गाडीमा राखेको थियो ।

उनीमाथि कुनै पनि प्रकारको बल प्रयोग नगर प्रहरीले जनाएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सडकमा भएका सहयोगापेक्षीहरूलाई उद्धार गरेर हामीले मानव सेवा आश्रममा बसोबास प्रबन्ध गरिरहेको बताए । उनले भने,’  स्वास्थ्योपचार गरिदिने र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउने काम गरिरहेका छौँ । ‘

कार्कीलाई आश्रम केन्द्रमा लैजान महानगर प्रहरी बलको गाडीमा राखिएको पाण्डेले जानकारी दिए । ‘यस विषयलाई मानवीयतासँग जोडेर प्रचार भएको देखियो । यस्तो प्रचार गलत हो,’ उनले थपे,’ हामी मानवीयताको सहर बनाउने अभियानअन्तर्गत सडक सहयोगापेक्षीहरुको व्यवस्थापन गरिरहेका छौँ । कार्कीलाई गाडीमा राख्नुको कारण यही कार्यक्रमको निरन्तरता हो ।’

नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रचार गरिएका व्यक्तिलाई आश्रम लैजान लाग्दा नमानेपछि हिजो साँझ बहिनी र भाञ्जाका जिम्मामा छाडिएको छ । आश्रममा जान नमान्ने उनी आज पनि चुरोट, गुट्खालगायत बस्तु विक्री गर्न सडकमै निस्किएका छन् । नगर प्रहरीले उनलाई आश्रममा जानका लागि सम्झाइ बुझाइ गरिरहेको छ ।  

 


Author

थप समाचार
x