नेपाल प्रहरीका ५३ एसपीको सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत किास विभागले ५३ एसपीहरूको सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षकको आजको निर्णयअनुसार २०७९ माघदेखि तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरूको सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुपम श्रेष्ठ जिल्ला प्रहरी कार्यालय गोरखा पुगेका छन् । त्यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाका अवदेश विष्ट क्षेत्रीले जिल्ला प्रहरी कार्यालय तनहुँ सम्हाल्नेछन् ।
मानव बेचविखन अनुसन्धान व्यूरोका दानबहादुर मल्ल नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल पुग्दा जिल्ला प्रहरी परिसर काठमाडौंका दिनेशराज मैनलीको सरुवा काठमाडौं उपत्यका प्रहरी गण नं. २ महाराजगञ्जमा भएको छ ।
कसको कहाँ सरुवा (सूची)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया