मौसम पूर्वानुमान
आइतबारसम्म छैन वर्षा र हिमपातको सम्भावना

काठमाडौँ - हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन। देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो प्रदेश नं. १ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार आगामी आइतबारसम्म कतै वर्षा र हिमपातको सम्भावना छैन।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया