समाज

उसै त काठमाडौँको सडक, बनेका संरचनाको पनि कन्तविजोग (फोटो फिचर)

इकागज |
माघ २१, २०७९ शनिवार ११:५५ बजे

सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु त काठमाडौँ उपत्यकाका लागि आम कुरा नै भइसक्यो । सडकका खाल्डाखुल्डी त नागकिरले वास्तै गर्न छाडिसके, रहरले होइन, सरकारको अटेरीपनले । घरबाट बाहिर निस्किएर सवारीसाधन चढ्ने बित्तिकै कुनबेला कुन चोकमा जाम पर्ने हो पत्तै हुँदैन ।


त्यसैले पनि विद्यालय र क्याम्पस जाने विद्यार्थी र कार्यालय जाने कर्मचारीहरूले निर्धारित समयमै गन्तव्य स्थल पुग्न वास्तविक लाग्ने समयभन्दा आधा घण्टा अघि नै घरबाट निस्किनुपर्ने बाध्यता छ । काठमाडौं उपत्यकाको हालत त यस्तो छ भने अन्य सहरको अवस्था कस्तो होला, कल्पना गर्न योग्य हुँदैन नै ।

यी सबैको पछाडिको मुख्य कारण सडकमा ट्राफिक पूर्वाधारको कमी र हेलचेक्र्याइँ नै हो । सडकैपिच्छे ट्राफिक पूर्वाधारहरूको अस्तव्यस्त स्वरुप प्रशस्तै देखिन्छन् र भेटिन्छन् । ट्राफिक पूर्वाधारहरूको अस्तव्यस्तताले दिनप्रतिदिन सडक दुर्घटना बढीरहेका छन् ।

कतै सडकमा लाइट नै राखिएको छैन भने कतै सडक सुरक्षाका सामग्रीहरू जथाभावी फालिएको छ । नो पार्किङ लेखिएका बोर्डहरू सडकको कुनामा भाँचिएर फालिएको छ भने सडकको बीचमै अस्तव्यस्त रुपमा सडक सुरक्षासम्बन्धी सामग्रीहरू फालिएका हुन्छन् ।

सडक छेउको बारहरू भत्किएपछि मर्मतसम्भार नै वर्षौंसम्म हुँदैन । ट्राफिक लाइट छ तर प्रयोगमा आएका छैन, वा बिग्रिएको ट्राफिक लाइट छ । यस्ता समस्या काठमाडौं उपत्यकाका अधिकांश सडकमा देख्न पाइन्छ ।

पूर्ण जोमिख मोलेर आम सर्वसाधारणहरू दिनहुँ यात्रा गरिरहेका हुन्छन् । तर सरकार भने यस्ता कुरामा बेखबर बनेको छ ।

तस्बिर : न्युज एजेन्सी नेपाल
 


Author

थप समाचार
x