प्रहरीद्वारा गाँजासहित तीन जना नियन्त्रणमा

मकवानपुर- मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भीमफेदी–२ मा सवारीसाधन चेकजाँच गर्ने क्रममा चुनियाँतर्फबाट हेटौंडा बजार आउँदै गरेको बा.प्र.०३–००१ ह १४९१ नम्बरको अटोसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अटो चालक हेटौंडा–८, कमानेका ४५ को सूर्य विश्वकर्मा, मनहरी–९ का २९ वर्षीय होमलाल मोक्तान र बैतडी रिम गाउँपालिका–६ बस्ने ३० वर्षीय कृष्णदत्त जोशीलाई ५ किलो ३ सय ग्राम गाजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भैंसे प्रहरीले अटो रोक्न खोज्दा नरोकी भागेपछि प्रहरी चौकी टोलको समन्वयमा मकवानपुर गढी गाउँपालिका–४ स्थित सामरी पुल नजिकै उनीहरूलाई फेला पारी विश्वकर्मा, मोक्तान र जोशीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गाँजासहित नियन्त्रणमा लिइएका उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया