समाज

काठमाडौँ महानगरभित्र घर भाडामा बस्नेले 'बहाल कर' तिर्न पाउने

इकागज |
फागुन २, २०७९ मंगलबार १२:१ बजे

फाइल तस्बिर

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाभित्र घर बहालमा बस्नेले ‘बहाल कर’ तिर्न पाउने भएका छन् । बहाल कर कसले (घर धनीले कि बहालमा लिनेले) तिर्ने भन्ने विषयलाई ‘काठमाडौँ महानगरपालिका घर बहाल व्यवस्था निर्देशिका – २०७९’ ले स्पष्ट व्यवस्था गरेको हो ।

घरधनीले बहाल कर नतिरेमा बहालमा बस्नेले बहाल कर तिर्न पाउने घर बहाल व्यवस्था निर्देशिका – २०७९’ ले स्पष्ट व्यवस्था गरेको महानगरले उल्लेख गरेको छ ।


बहालमा बसेकाले बहाल कर तिरेको प्रमाण बुझाएमा घरधनीलाई बहाल कटाउन पाउन सकिने महानगरले बताएको छ ।

सम्झौतामा अन्यथा उल्लेख भएको बाहेकमा बहालमा दिएको घरको कानुन बमोजिम लाग्ने बहाल कर महानगरपालिकालाई बुझाउने दायित्व घरधनीको हुने महानगरले प्रस्ट पारेको छ ।


Author

थप समाचार
x