समाज

...अनि मलेसियाबाट फर्केका हरिप्रसाद विमानस्थलबाटै पक्राउ परे

इकागज |
फागुन ५, २०७९ शुक्रबार १४:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- रौतहटका हरिप्रसाद यादव करिब दुई वर्षअघि रोजगारीका लागि मलेसिया पुगे । नियमित सामाजिक सामाजिक सञ्जाल फेसबुक र टिकटकमा जोडिरहे । कामपछि उनको टिकटकमा झुन्डिनु अर्को नियमित काम जस्तै बनेको थियो ।

विदेशमा रहँदा मन भुल्ने साथी टिकटकलाई बनाएका उनले बिस्तारै आफ्नो फोटो जोडेर भिडियो बनाउन थाले । विदेशमा उनले समय बिताउने साधन टिकटकलाई बनाए ।


टिकटकमा आफ्नो मात्र फोटो जोडेनन् । बिस्तारै अन्य मानिसका पनि फोटो जोड्न थाले । उनले आफ्नो सहोदर बहिनीको फोटो हालेर नियमित टिकटक चलाउन थाले । फोटो हाल्दा चरित्रहत्या गरी फोटो नियमित हाल्न थाले ।

हरिप्रसादले अश्लिल शब्द प्रयोग गर्दै बहिनी र आफन्तलाई पीडा दिन थाले । बहिनीका आफन्तलाई समेत मानसिक तनाव दिन उनी लागिरहे । पीडितले पनि कानुनी उपचारको बाटो खोज्ने उपाय खोजे ।

केही समयअघि बहिनीका आफन्तसहित पीडितहरू भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगे । प्रहरीले उक्त टिकटक र प्रयोगकर्ताको खोजीमा लागिरह्यो । अनुसन्धानकै क्रममा टिकटक विदेशबाट चलाएको ब्यूरोले पत्ता लगायो ।

वैदेशिक रोजगारीमा मलेसिया पुगेका हरिप्रसाद केही समय अघि मात्र फर्कने पीडितका परिवारले प्रहरीलाई जानकारी गराए । नियमित सम्पर्क र उनको खोजीमा ब्यूरो लागिरह्याे ।

रौतहट देवाही नगरपालिका ८ हरिप्रसाद बुधबार स्वदेश फर्के । तर, उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिविमानस्थलबाट नियन्त्रणमा लियो ।

फागुन ४ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको ब्यूरोले जनाएको छ ।  उनलाई अनुसन्धान गर्न थप ५ दिनको म्याद लिएको ब्यूरोको भनाइ छ ।

 

 

 


Author

थप समाचार
x