समाज

भारतीय सेना पुर्व प्रमुखहरूले छाउनीमा वीर स्मारक अवलोकन गर्ने

इकागज |
फागुन ६, २०७९ शनिवार ७:३५ बजे

काठमाडौँ- नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन आएका भारतीय सेनाका चार पूर्व प्रमुखले आज छाउनीस्थित वीर स्मारका जाने भएका छन् ।

हिजो काठमाडौँ आएका भारतीय सेनाका प्रमुखहरू विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह,  दीपक  कपुर र दलवीरसिंह सुहागले छाउनीस्थित वीर स्मारकको अवलोकन गर्नेछन् । 


सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार वीर स्मारक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरूले भाग लिनेछन् । त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरू सहभागी हुने कार्यक्रम तय भएको छ । 

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरूको सहभागिता रहने प्रवक्ता भण्डारीले जानकारी दिए । 

पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार मात्र नेपाल आउने छन् । 

२६० औँ सेना दिवसको अवसर पारेर नेपाली सेनाले भारतीय सेनाका पुर्व अध्यक्षहरूलाई नेपाल निमन्त्रणा गरेको हो । हरेक शिवरात्रीमा नेपाली सेनाले सेना दिबस मनाउँदै आएको छ । 


Author

थप समाचार
x