समाज

कर्मचारीकाे मनपरी : काठमाडौँ बसेर उपल्लो डोल्पाको तलब

इकागज |
फागुन ७, २०७९ आइतबार १३:७ बजे

सुर्खेत । डाेल्पाका स्थानीय तहका कर्मचारीहरुले काठमाडाैंमै बसेर काम नगरी तलब  लिने गरेकाे स्थानीयकाे आराेप रहेकाे छ । छार्का ताङसोङ गाउँपालिकामा कर्मचारीहरु स्थानीयबासीको सम्पर्कमा जान असमर्थ हुँदै आएका छन् । त्यहाँका प्रमुख प्रशासकीय अधिकृत अधिकांश समय सदरमुकाम दुनै, सुर्खेत र काठमाडौँमा समय बिताउने गरेको पालिकाका अध्यक्ष सेनांङ गुरुङले बताए ।

 सेवाग्राहीले फोन गरेपनि फोन नै नउठाउने अधिकृतको रुपमा यस पालिकाका अमरराज सेजुवाल रहेको पालिकाका अध्यक्षले नै आरोप लगाएका छन् । 


‘पर्यटन, जलस्रोत, पशुपालन र जडीबुटी छार्का ताङसोङको आधार दीर्घकालिन दृष्टिकोण, सुशासन, गरिबी निवारण र रोजगार  भन्ने नारा रहेको यो पालिकामा सरकारी सेवा पाउन सर्वसाधारणलाई सास्ती हुने गरेको छ । दुई महिनाअगाडि काठमाडौँ गएका अधिकृत सेजुवाल र पालिकाका कर्मचारीहरु अहिलेसम्म पालिकामा पाइला नटेक्दा सेवा लिने सर्वसाधारणहरु हैरान भएका छन् । त्यस्तै यहाँको स्वास्थ्य सेवा समेत लथालिङग रहेको छ । नाम मात्रका स्वास्थ्य संस्था हुँदा दैनिक आम्चीकै भरमा यस पालिकाको उपचार सेवा सञ्चालन हुँदै आएको छ । 

पालिकामा दरबन्दी रहेका स्वास्थ्यकर्मीहरु सदरमुकाम दुनैदेखि अन्य ठाउँमा व्यक्तिगत काममा व्यस्त हुँदा यहाँका नागरिकले स्वास्थ्य सेवा पाउन नसकेका हुन् । सुरक्षित सुत्केरी तथा गर्भ जाँचको रेकर्ड हेर्ने हो भने यो पालिकाको शून्य रहेको छ । पालिकामा स्वास्थ्यकर्मी नबस्दा सर्वसाधारणले स्वास्थ्य सेवा नपाएका हुन् । भगवानको भरोसामा आम्चीको सहयोगमा सुत्केरी हुने गरेको वडा नम्वर ४ का स्थानीयबासी पालेन बुढाले बताए । कात्तिकदेखि फागुनको अन्तिमसम्म यस पालिकामा सबै खालका खोप सेवा समेत बन्द हुने गर्दछन् ।  चिसोका कारण देखाउँदै स्वास्थ्यकर्मीहरु व्यक्तिगत काममा लागेपछि सबै खोपहरु बन्द हुने गरेका हुन् । 

जनप्रतिनिधिले कर्मचारीलाई कर्मथलोमा बस्न आग्रह गरे पनि नमान्दा आफूहरु हैरान भएको पालिका अध्यक्ष सेनांङ गुरुङले दुखेसो गरे । डोल्पोबुद्ध गाउँपालिकाको हालत पनि छार्काताङसुङ भन्दा काम छैन । यहाँका प्रमुख प्रशासकीय अधिकृत मोवाइल नम्बरसमेत सधैँ अफ हुन्छ । यदि फोन लागि हाले पनि उठन मुस्किल हुने गर्दछ । यहाँको सुत्केरी दर र गर्भवती जाँचको संख्य समेत जिरो रहेको छ । 

अधिकांश कर्मचारीहरु पालिकामा पाइला नटेकी सदरमुकाम दुनैबाट तलव बुझने गरेको जनप्रतिनिधि नै बताउने गरेका छन् । मंसिरदेखि फागुनसम्म कर्मचारीहरु व्यक्तिगत काममा लागेका पाइन्छ । अन्य समयमा समेत सदरमुकाम बसेर उपल्लो डोल्पा बसेको कागज बनाइ एक मुस्ट हाजिरी लगाउने गरेको पाइन्छ ।  यहाँका कर्मचारीको निगरानी, अनुगमनदेखि अन्य सेवा प्रवाहको जाँच मूल्यांकन कसले गर्ने प्रश्न उठ्दै आएको छ । न्यूज कारखाना


Author

थप समाचार
x