समाज

काठमाडौँ महानगरले सुरु गर्‍यो सडक मर्मत (तस्बिरहरू)

इकागज |
फागुन २५, २०७९ बिहीबार १३:२ बजे

तस्बिरः सुरेन्द्र बँजगाई

काठमाडौँ- काठमाडौँ महानगरले सडक मर्मतको कार्यलाई तीव्रता दिएको छ । सडकका जेब्रा क्रसिङमा रंगरोगन गर्नेदेखि भत्केका स्थानमासमेत मर्मत गर्न थालेको छ । 

सडकमा पेन्ट गरिएपछि सडकको स्वरुप फेरिन थालेको छ । सडक डिभिजन काठमाडौँको जिम्मेवारीमा रहेका सडक महानगरले धमाधम निर्माण गर्न थालेको हो ।


महानगरले सडक सुरक्षासँग सम्बन्धित कार्यहरू सडक पेन्ट गर्ने, सडक सुरक्षा सम्बन्धि संकेत/चिन्ह तथा गैन्ट्री पोष्ट हरु मर्मत सम्भार गरी पुन:स्थापना गरेको छ ।  

नारायणहिटी - दरबारमार्ग - महेन्द्र शालिक, मैतिदेवी - भिमसेनगोला, भद्रकाली - सुन्धारा लगायतका सडक खण्डमा सडक पेन्ट गरेका छन् ।


Author

थप समाचार
x