समाज

भाडा माग्दा धाकधम्की दिने २६ व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन निर्देशन

इकागज |
चैत १, २०७९ बुधबार ८:४२ बजे

काठमाडौँ- महानगरपालिका वडा नम्बर २६ ले गोंगबु क्षेत्रका २६ जना व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । महानगरले गोंगबुस्थित गल्फ रियल स्टेट प्रालिका नाममा दर्ता कायम रहेका ९ कित्ता जग्गामा नक्सापासबिनै निर्माण भएका घर टहरामा व्यवसाय गर्दै आएका २६ जना व्यवसायीहरूलाई १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

व्यवसायीहरूले भाडा रकमसमेत नतिरेको पाइएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।


२ वर्षदेखि भाडा रकम नतिरेको, जबरजस्ती ठाउँ ओगटेको र भाडा माग गर्दा धाकधम्की दिएको तथा नेपालको संविधानप्रदत्त सम्पत्तिसम्बन्धी हक उपभोग गर्नबाट जग्गाधनी बञ्चित हुन पुगेकोले वडा कार्यालयले व्यवसायीलाई वडामै उपस्थित हुन आग्रह गरिएको छ । 

 


Author

थप समाचार
x